Logo
Logo

उत्प्रेणा दिने निर्मलको नयाँ गीत ‘हारजित’ (भिडियोसहित)



काठमाडौं । गायक निर्मल दाहालले नयाँ गीत ल्याएका छन् । खेल र खेलाडीको सम्मानका लागि भन्दै उनले खेलकुदसम्बन्धी ‘हारजित’ बोलको गीत ल्याएका हुन् ।

पछिल्लो समय फरक शैलीको गीतमा जम्दै आएका निर्मलले त्यसैलाई निरन्तरता दिँदै यो गीत ल्याएका हुन् । विभिन्न बहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सुत्रमा बाँधिरहेका कारण खेलाडीको सम्मानमा गीत गाएको उनको भनाइ छ ।

निर्मलको आफ्नै रचना, संगीत र स्वरमा रहेको गीतमा उनलाई ¥यापर सुभम बोहरा (आत्मा)ले साथ दिएका छन् । गीतको भिडियोमा निर्मलले नेपाली खेलाडी र खेलकुदको सम्मानका लागि विभिन्न खेल प्रतिस्पर्धाका दृश्यहरू पनि समेटेका छन् ।

गायक निर्मलले यसअघि पागल, अचेल, जब घामलगायतका गीत सार्वजनिक गरिसकेका छन् । आफ्नो पछिल्लो गीत ‘हारजित’ले सबै खेलाडी र खेल प्रेमीलाई रोमाञ्चक र साहसिक कार्य गर्न प्रेरित गर्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्