Logo
Logo

इलामका विनोदले जिते ‘भ्वाइस अफ नेपाल सिजन-५’को उपाधि



काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ को उपाधि इलामका बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा सम्पन्न ग्राण्ड फिनालेमा राईले उपाधि उचालेका हुन् । बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

उपाधिका लागि चार फाइनलिस्टबीच प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहित विभिन्न पुरस्कार पाए । फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिएका थिए ।

भ्वाइसको पाँचौ सिजनका अन्तिम १२ का प्रतिस्पर्धीसहित हिमालय लोकस्टारका जजले पनि सांगीतिक प्रस्तुति दिएका थिए ।
फिनालेमा चर्चित लोक तथा दोहोरी गायक राजु परियार, बद्री पँगेनी र भ्वाइसको पहिलो सिजनका विजेता सीडी विजय अधिकारीले आफ्नो प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्