Logo
Logo

युट्युबमा निर्मलको सर्ट फिल्म ‘म कमरेड’



काठमाडौं । विभिन्न अन्तर्रास्ट्रिय महोत्सवमा प्रदर्शनपश्चात् निर्मल पौडेल लिखित तथा निर्देशित सर्ट फिल्म ’म कमरेड’ युट्युबमा रिलिज गरिएको छ ।

अमेरिकाको सिकागोस्थित साउथ एशियन फिल्म फेस्टिवल, ढाका अन्तर्रास्ट्रिय फिल्म फेस्टिवल, नेपाल इन्टरनेसनल फिल्म फेस्टिवल, मुम्बा सर्ट फिल्म फेस्टिवल मुम्बइ, डाक्टर अम्बेडकर फिल्म फेस्टिवल मुम्बइ, साउथ एशियन सर्ट फिल्म फेस्टिवल कलकत्ता, हुमन राइट्स फिल्म फेस्टिवल नेपाल लगायतका फिल्म फेस्टिवलहरुमा छनोट भएर फिल्मफ प्रदर्शन भएको थियो ।

‘महोत्सवहरुमा मिलेको प्रतिक्रियाले थप हौसला मिलेको छ,’ निर्देशक पौडेलले भने, ’अहिले आम दर्शकका लागि युट्युबमा रिलिज गरिएको हो । निर्देशक पौडेलले ओस्कार फिल्म कलेजबाट फिल्म निर्देशनमा उनले स्नातक गरेका हुन् ।

उक्त सर्ट फिल्ममा पूर्व माओवादी लडाकुको अवस्था चित्रण गरिएको छ। फिल्मको छायांकन सुर्खेतमा गरिएको हो । लकडाउनको समयमा उक्त फिल्मको छायांकन गरिएको थियो। आफैंले देखे–भोगेको घटनालाई मुख्य थिम बनाएर फिल्म निर्माण गरिएको निर्देशक पौडेलले बताएका छन् ।

काफिया मिडिया, कर्णाली आर्ट्स र निर्मल पिक्चर्सको ब्यानरमा निर्माण फिल्म निर्माण गरिएको हो । जसको निर्माता रिता पौडेल र गणेशकञ्चन भारती रहेका छन् ।

कार्यकारी निर्माता धिरेन चन्द रहेका छन् भने मुख्य भूमिकामा कलाकार सुरबिना कार्की, प्रेमदेव गिरि, निर्जला सुनार, रियलबिक्रम लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्