Logo
Logo

विमान दुर्घटनामा ज्यान गुमाएको एक वर्षपछि निराको गीत सार्वजनिक



काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएको एक वर्षपछि गायिका निरा छन्त्यालद्वारा स्वर बद्ध गीत सार्बजनिक भएको छ । उनको २०७९ साल माघ १ गते पोखरामा बिमान दुर्घटनामा परी निधन भएको थियो ।

बागलुङ्ग जिल्लामा जन्मिएकी निरा अशंख्य श्रोता तथा दर्शकमाझ आफ्नो सुमधुर स्वरको माध्यमबाट आज पनि जीवित छिन् । उनीद्वारा स्वबद्ध गीत ‘घर हाम्रो खोटाङ्गको चिसापानीमा’ बोलको रहेको छ । गीत नबिन योगीको प्रस्तुतिमा सार्बजनिक भएको हो ।

उक्त गीतमा निरासँगै लोकप्रिय गायक बिनोद ढकालको स्वर रहेको छ । यस गीतलाई नबिन योगीले लेखेका हुन् भने संगीत गायक स्वयम् बिनोदले भरेका छन् ।

यस गीतको भिडियोमा बिनोद ढकाल, रिना गुरुङ्ग, रबिन्द्र रिमाल र आशिक खातीको आकर्षक अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन बिशाल गोंबा र सम्पादन रोशन धितालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्