Logo
Logo

‘कुसुम द बुटिक’को एक वर्ष : सकरात्मक व्यवहार र कुसुमको सफलता


एमपी सुब्बा


  • एमपी सुब्बा

काठमाडौं, २१ फागुन । भनिन्छ, ‘मान्छेको ‘व्यवहार’ नै हरेक क्षेत्रका लागि सफल वा असफलताको कडी हो ।’ जागीर होस् वा व्यापार नै किन नहोस्, उसको व्यवहार अर्थात ‘आनीबानी’ले प्रष्टाइरहेको हुन्छ कि ‘उ कुन बाटोमा हिँड्दै छ ?’ समग्रमा भन्नुपर्दा सकरात्मक सोच र असल व्यवहारले नै मानिसलाई सफलताको सिँढी चढाइरहेको हुन्छ । अहिले यस्तै उदाहरण बनेकी छन् फेसन डिजाइनर कुसुम श्रेष्ठ ।

आफू जतिसुकै व्यस्त र तनावमा रहेपनि ग्राहकप्रति दर्साउने सकरात्मक व्यवहारकै कारण सफलताको सिँढी चढिरहेकी छन् उनी । एक वर्षअघि डिल्लीबजारस्थित पिपलबोटनजिकै ‘कुसुम द बुटिक’ सुरु गर्दा कुसुमलाई लागेको थियो, ‘कसरी आफ्नो फेसन व्यवसायिकलाई फैलाउँने होला ?’ उनीमा यस्तो चिन्ता पलाउनु त्योबेला स्वभाविक थियो किनकि, भर्खरै बागबजारस्थित ‘आईआईएफटी’बाट फेसन डिजाइनरको कोर्ष सकेर ‘बुटिक’ सञ्चालनमा ल्याउँदै थिइन् । त्यसको ठीक एक वर्षपछि उनीमा थप जाँगरमात्र पलाएको छैन, अझै फेसन बजारलाई बृहत्त रुप दिनुसक्छु भन्ने आँटसमेत बढेको छ उनीमा । त्यसैले त उनी भन्छिन्, ‘अब निकट समयमै ‘कुसुम द बुटिक’को शाखा विस्तार गर्ने सोचमा छु ।’


‘कुसुम द बुटिक’को वार्षिकोत्सवको तयारीमा रहेकी कुसुमले भनिन्, ‘यो एक वर्षको अवधिमा सोचेभन्दा राम्रो भयो । मुख्य कुरा त ग्राहकबाट एकदमै सकरात्मक प्रतिक्रिया पाएँ र पाइरहेकी छु । त्यसैले मलाई फेसन बजारमा अझै केही गर्ने जोश र जाँगर आएको छ ।’ यो आफ्नो सफलताको कडी भनेकै ग्राहकप्रति गर्ने व्यवहार हो भन्छिन्, कुसुम । उनी भन्छिन्, ‘कुमुम द बुटिक वर्ष दिनमै सबैसामू चिनिनुको कारण भनेको समय र व्यवहार हो, त्यसपछि कपडाको गुणास्तर । ग्राहकले आफूले चाहेजस्तो समयमै यस्तो र गुणास्तरिय पहिरन उपलब्ध गराउनु नै कुसुम द बुटिकको विशेषता हो ।’


‘कुसुम द बुटिक’को यही आउने शनिबार अर्थात २४ फागुनमा प्रथम वार्षिकोत्सव मनाउने तयारीमा रहेकी डिजाइनर कुसुमले भनिन्, ‘यो वर्ष दिनको अवधिमा सर्वसाधारणमात्र नभएर सेलिब्रेटीमाझ समेत पुग्नु सक्नु मेरो लागि खुसीको कुरा हो ।’
हुन पनि नेपालको अधिकांश चर्चित सेलिब्रेटीको रोजाइमा पर्न थालेको छ, कुसुम द बुटिक । यो अवधिमा ‘कुसुम द बुटिक’ले ब्राण्ड मात्र स्थापित गरेन, लगानी समेत बढाएको छ । करिब ८ खर्चिएर सञ्चालनमा ल्याइएको उक्त बुटिकको अहिले २० लाखभन्दा बढी मूल्य पुगेको छ । यही आफ्नो सफलतामा हौसिएर नै कुसुम निटक समयमै शाखा विस्तार गर्ने सोचसम्म पुगेकी छन् ।
कुसुम आफ्नो बुटिकको प्रथम वार्षिकोत्सव चर्चित पाश्र्वगायिका अञ्जु पन्तकै प्रमुख आतिथ्यमा मनाउँदैछिन्, जबकि उद्घाटनसमेत अञ्जुकै बाहुलीबाट गरिएको थियो । यस सन्दर्भमा कुसुम भन्छिन्, ‘मलाई अञ्जु म्याम फापेको छ । त्यसैले उहाँकै आतिथ्यमा वार्षिक उत्सव पनि मनाउने निर्णय गरेकी हुँ ।’ गायिका अञ्जु पनि कुसुमले तयार बनाएका पहिरनदेखि नतमस्तक छिन् । एक वर्षयता उनी कार्यक्रमको सिलसिलामा जहाँ पुगेपनि कुसुम बुटिककै पहिरन लगाउने गरेकी छन् । अञ्जुमात्र होइन, पछिल्लो समय अधिकांश सेलिब्रेटी कुसुमले तयार पारेको पहिरन चाहन्छन् ।
यसबाहके कुसुम बुटिकको उपलब्धी के–के छन् त ? कुसुम भन्छिन्, ‘विभिन्न सेलिब्रेटीका लागि पहिरन तयार गर्ने जिम्मा आइरहेको छ । साथै, टिभी प्रोगाम, म्युजिक भिडियो, फोटोसुट, ‘सम्पूर्ण साप्ताहिक’को म अफिसियल्ली डिजाइनर छु । यस्ता थुप्रै उपलब्धीहरु भएका छन् ।’

हाल कुसुम द बुटिकमा पाँच जना कालिगड छन् । उनीहरुलाई भ्याएनभ्याई छ । कुसुम बुटिकमा प्राय लेहेँगा, सारी, गाउनलगायत फर्मल पहिरनको बढी अर्डर आउने कुसुम बताउँछिन् । साथै अर्डरअनुसार क्याजुअल ड्रेस समेत तयार गर्ने उनको भनाइ छ ।
‘कुसुम द बुटिक’मा ब्राइडल लेहेँगा १५ हजारदेखि ७५ हजार रुपैयाँसम्मका तयार गरिन्छ भने सारी १० हजारदेखि ३५ हजारसम्मको तयार गरिने कुसुमले बताइन् । यस्तै, गाउन १५ हजारदेखि २२ हजार रुपैयाँसम्मको तयार हुने बताउँदै कुसुमले भनिन्, ‘यो अरु बुटिकहरुको आधार यस्तो मूल्य हो ।’ उनले ग्राहकको चाहना र रोजाइअनुसार मूल्य निर्धारण हुने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्