Logo
Logo

सार्क पुरस्कारको घोषणा


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २२ फागुन । रोटरी डिष्ट्रिक ३२९२ ले ‘गोपाल–कमला राजभण्डारी ह्युम्यानिटी अवार्ड’ घोषणा गरेको छ । पन्ध्र हजार अमेरिकी डलरको उक्त पुरस्कार सार्क मुलुक नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भूटानमा शिक्षा तथा साक्षरता अभियानम निःस्वार्थरुपमा काम गरेका व्यक्ति वा संस्थालाई प्रदान गरिनेछ ।

रोटरी क्लबले आज एक पत्रकार सम्मेलन गरी उक्त सार्क अवार्डको घोषणा गरेको हो । गभर्नर किरणलाल श्रेष्ठका अनुसार सार्क मुलुकका विभिन्न देशबाट रोटरीले तोकेको मापदण्डअनुसार उत्कृष्ट सेवा गरेका व्यक्तिलाई आगामी मे १६ तारिखका दिन अर्थात् जेठ ३ गते राष्ट्रपतिबाट उक्त अवार्ड प्रदान गरिने भएको छ ।

मर्कन्टाइल ग्रुपका संस्थापक गोपालराज राजभण्डारी रोटरीका प्रवद्र्धक हुन् । उनले रोटरीमार्फत आफ्नो जीवनमा धेरै समाजसेवा गरेका छन् । उनका नाममा उनका छोरा दीपक, संजीव र राजीव राजभण्डारीले उक्त पुरस्कार स्थापना गरेका हुन् ।

सन् २०१० देखि स्थापना भएको उक्त पुरस्कारलाई परिमार्जन गरी सार्कस्तरीय पुरस्कार स्थापना गरिएको आयोजकले बताए ।

प्रतिक्रिया दिनुहोस्