Logo
Logo

सईको बढुवा तीनमहिनादेखि गृहसचिवको घर्रामा



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आज माघ ९ गते २३ औ बार्षिक उत्सव मनाउदै गरेको अवस्थामा आइजीपीले केहीलाई आशा र केहीलाई निराशा दिएका छन् । निराशा उनको कारणले नभई गृहसचिवको कारणले निराशामा बद्लिएको हो ।

वार्षिक उत्सवमा प्रहरी महानीरिक्षक (आइजीपी) राजु अर्यालले संगठनमा कार्यरत कर्मचारीमा लागि नयाँ नयाँ कार्यक्रम पनि घोषणा गर्दैछन् । ती योजनालाई संगठनमा क्रियाशील रहेका प्रहरी कर्मचारीले सकारात्मक रुपमा लिने अपेक्षा सशस्त्र प्रहरी बलले गरेको हुनसक्छ । तर संगठनभित्र एउटा पक्ष लामोसमयसम्म अन्यायमा परेको विषय भने ओझेलमा छ ।

२०६० सालमा सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएको टोली मध्ये १६ जना १८ वर्षदेखि एउटै पदमा कार्यरत छन् । उनीहरु २०६३ फागुन र २०६४ असारमा बढुवा भएका १६ जना सशस्त्र प्रहरी नायव नीरिक्षकहरुको बढुवा अहिलेसम्म हुन सकेको छैन । सशस्त्र प्रहरीको लेखा फाँटमा कार्यरत उनीहरुको अहिलेसम्म बढुवा हुन सकेको छैन ।

सशस्त्र प्रहरी मूख्यालयले बढुवाका लागि गृहमन्त्रालयमा फाइल पठाइसकेको छ । तर आफ्नो बार्षिक उत्सवमा उनीहरुका लागि खुशी बाड्न सकेको छैन । गृहसचिव दिनेश भट्टराईको घर्रामा उनीहरुको बढुवा सम्बन्धी फाइल अड्केर बसेको छ । गृहसचिव भट्टराई घर्रामा फाइल अड्काउदा प्रहरी महानीरिक्षक राजु अर्यालले उनीहरुका लागि वार्षिक उत्सवमा मनाउदै गर्दा काँधमा फूली थप्न नसक्ने अवस्था सिर्जना भएको हो ।

उनीहरु भन्दा पछि बढुवा भएका ८४ जना र सिसं ५ ७३ जना समेत बढुवा भैसक्दा उनीहरु भने अझै सईमा बसेका छन् । सशस्त्र प्रहरी बलले गत असोजमा उनीहरुको बढुवा लागि गृहमन्त्रालयमा लेखि पठाएको थियो ।

फाइल गृहसचिवकै घर्राबाट बाहिर निकाल्न सशस्त्र प्रहरीले पटक पटक पत्रचार गरेको भएपनि अहिले पनि सदर हुन सकेको छैन । अहिलेकै प्राब्धान कायम रहेमा बढुवा हुन बाँकी रहेका लेखा उपसमूहका सई अभैm १० वर्ष बढुवा नहुने र अबको १० वर्षपछि उनीहरु अनिवार्य अवकाश जाने भएकाले अन्यायमा परेको विषयमा गृहमन्त्रालय अझै सजग नभएकाले उनीहरुको वृत्ति विकासमा असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्