Logo
Logo

भूटानी अभिनेत्रीसँग दयाहाङको दुई नम्बरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ फागुन । पत्रकार, फिल्म समीक्षक हुँदै निर्देशक बनेका दीपेन्द्र लामाले अब ‘दुई नम्बरी’ बनाउँदैछन् । उनी अभिनीत पछिल्लो फिल्म ‘छ माया छपक्कै’ले निकै चर्चा आएको थियो । त्यसपछि उनी ‘दुई नम्बरी’तिर लागेका हुन् ।
‘दुई नम्बरी’मार्फत भुटानी अभिनेत्री उगेन छोदेन नेपालीमा डेब्यू गर्दैछिन् । निर्मात्री तथा निर्देशकको समेत परिचय बनाएकी उगेनलाई नेपाली फिल्ममा भित्राउन पाउँदा निर्देशक लामा छ खुसी छन् नै, उगेन पनि खुसी छिन् ।
उगेनले भनिन्, ‘भुटानमा पनि नेपाली कलाकारको राम्रो क्रेज छ, नेपाली फिल्ममा काम गर्न पाउँदा खुशी लागेको छ ।’ यो फिल्ममा उनी अभिनेता दयाहाङ राईसँग अनस्क्रिन शेयर गर्नेछिन् ।
राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्म ‘दुई नम्बरी’मा अनुबन्ध गराइएको निर्माणपक्षले जानकारी दिइएको हो । फिल्मको छायाँकन २७्८ फागुनदेखि सुरु हुने बताइएको छ ।
फिल्ममा उगेन भुटानी नागरिककै भूमिका रहने बताइएको छ । यो फिल्ममा उगेन र दयाहाङसँगै पल शाह, वर्षा राउतलगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । किरण नेपालीको प्रस्तुति रहने ‘दुई नम्बरी’ रेडबर्ड प्रोडक्सन र आरआर फिल्मसको ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्