Logo
Logo

सरसफाइका लागि साझा योजना बनाउन जरुरी– सुवेदी


- दृष्टि न्युज/संवाददाता


धनगढी, २३ फागुन । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले स्थानीय निकाय र प्रदेश सरकारका बिचमा आपसी सहकार्यमा कतिपय काम कारवाहीहरु एकरुपताका साथ अगाडी बढ्न नसकेका बताउनु भएको छ ।

समाजमा विद्यमान विभिन्न खालका सामाजिक समस्याहरु जस्तै खानेपानी, सार्वजनिक शौचालय, बसपाार्क, विमानस्थललगायतका क्षेत्रदेखि लिएर पर्यटनका क्षेत्रमा व्याप्त समस्याहरुलाई स्थानीय र प्रदेश सरकारले एकै साथ सहकार्य गरेर अघि बढ्न नसेका कारण पनि समाजमा सकरात्मक परिवर्तन आउन नसकेको समेत सो अवसरमा मन्त्री सुवेदीले बताउनु भएको छ ।

मन्त्री सुवेदीले कानुन बनाएर मात्र नपुग्ने भएकाले त्यसको कार्यान्वयनका लागि स्थानीय निकाय, प्रदेश र संघीय सरकाका बिचमा सार्वजनिक महत्वका बिषयहरुमा साझा धारणा र योजना बनाएर अघि बढ्नुको बिकल्प नरहेको कुरामा जोड दिनु भएको छ ।

मन्त्री सुवेदीले समाज परिवर्तनका लागि स्वयं व्यक्तिले आफ्नो घर,टोलबाटनै परिवर्तनको शुरुवात गर्न सक्नु पर्ने बताउँदै सरसफाई अभियान्ता खेम शर्माले अगाडी सार्नुभएको सरसफार्य सम्बन्धी प्रस्तावमा प्रदेश सरकार र सामाजिक मन्त्रालयले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्वता व्यक्त गर्नु भएको छ ।

सो अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेश सभाका सदस्य एवं नेकपा कैलालीका अध्यक्ष रतन थापाले सरसफाई जस्तो महत्वपूर्ण बिषयलाई आम जनताका माझ व्यवाहारिक रुपले कडाईका साथ लागु गर्ने दिसामा स्थानीय र प्रदेश सरकारले उक साझा धारणा बनाएर अघि बढ्न सकेको खण्डमा समाजमा सकरात्मक परिवर्तन सम्भव रहने बताउनु भएको छ । प्रदेश सभाका सदस्य थापाले सरसफाई जस्तो बिषयलाई मानव स्वास्थ्य संगै जोडेर लैजानका लागि विद्यालयस्तर देखिनै व्यवहारिक रुपले लागुगदैै जान सकेको खण्डमा समाजलाई स्वस्थ र सफा राख्न सकिने बताउनु भएको छ ।

सरसफाई अभियन्ता खेम शर्मासँगको छलफल कार्यक्रममा मन्त्री सुवेदीले सो कुरा बताएका हु्न् ‘साझा र एकल अधिकारका कारण प्रदेश सरकारलाई काम गर्न समस्या भएकाले तीनवटै तहका सरकारहरुले साझा ऐजेण्डा बनाएर अघि बढ्न सकेको खण्डमा समाजमा सकरात्मक परिवर्तन सम्भव रहने समेत बताउनु भएको छ । सो अवसरमा मन्त्री सुवेदीले सफा र स्वच्छ प्रदेश बनाउन मन्त्रालयले प्रयास जारी राखेको जानकारी समेतथ गराउनु भएको छ ।

सो अवसरमा बोल्दै कैलाली जिल्ला समन्वय समितिका प्रमूख सूर्य बहादुर थापाले सार्वजनिक चौक, चौराहा, विमानस्थल बसपार्क जस्ता सार्वजनिक स्थल हुँदे व्यक्तिका घर घरमा सरसफाई अभियानलाई प्रभावकारी रुपले लागु गर्दे लैजाने बिषयमा अभियानको थालनीनै गर्नु पर्नेमा जोड दिनु भएको छ । उहाँले भन्नुभयो– त्यसमा लागि राज्यसंयन्त्रनै सक्रियताका साथ लाग्नसक्नु पर्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला खानेपानी डिभिजन कैलालीका प्रमूख मोहन बहादुर कुँवरले स्थानीय निकायले सरसफाई सम्बन्धी अभियानलाई सरोकारवाला निकायसंग मिलेर अगाडी बढाउन सकेको खण्डमा समाजलाई स्वस्थ र सफा राख्न सकने बताउनु भएको छ । उहाँले भन्नु भयो– नीति केवल कागजमा मात्रै सिमिति नराखेर त्यसको व्यवहारिक प्रयोगलाई पनि जोड दिनेतर्फ पहल गर्न सक्नु पर्ने बताउनु भएको छ ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमूख स्वकीय सचिव शिवसिंह ओली, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, शिवनगर खोपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेश खाती, धनगढी उपमहानगरपालिकाका प्रतिनीधि लगायतका व्यक्तिहरुले पर्यटन,स्वास्थ्य र सरसफाइका बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सरसफाइ अभियान्ता खेम शर्माले यस अघि त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल, विर अस्पताल र पशुपति क्षेत्र लगायत देशका विभिन्न स्थानहरुमा समेत सरसफार्य सम्बन्धी उदाहरणीय कार्य गरिसक्नु भएको छ । उहाँले अगामी दिनमा सुदूरपश्चिममा पनि सरसफाई सम्बन्धी गतिविधीहरुलाई अगाडी बढाउने सम्बन्धमा सोच बनाएर अघि बढ्ने प्रतिवद्वता समेत सो अवसरमा व्यक्त गर्नु भएको छ । छलफल कार्यक्रम पूर्व सरसफाई अभियान्ता खेम शर्माले गेटा विमानस्थलमा समेत बिहीबार अवलोकनगर्नुका साथ साथै विमानस्थलका कर्मचारीहरुसंग सरसफार्य सम्बन्धी छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्