Logo
Logo

सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी



कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनैजना निर्वाचित भएका छन् ।

महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भए । उनले ४ हजार ४५३ मत पाएका छन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए ।

त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्