Logo
Logo

कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी



काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

बिहीबार अपराह्न आएको मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए ।

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी)का सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विक विजयी भएका हुन् ।

नेकपा एमालेबाट अन्यतर्फ डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमलाकुमारी शाही, दलिततर्फबाट हिक्मतबहादुर विक पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्