Logo
Logo

कृष्णप्रसाद सिटौलालाई सत्ता गठबन्धनकै २ प्रदेश सांसदले दिएनन् भोट



काठमाडौं । कोशीमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई पनि भोट क्रस भएको छ।

दुई जना प्रदेश सभा सांसदले सिटौलालाई मत नदिएर एमाले(राप्रपा गठबन्धनलाई भोट दिएका छन् । सिटौलालाई भन्दा एमाले(राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेल अगाडि छन् । एक प्रदेश सभा सांसदको मतभार ५३ छ ।

अहिले स्थानीय तहका मतदाताको मत गणना भइरहेको छ । कोशीमा सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्