Logo
Logo

कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्य निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले–राप्रपा गठबन्धनका उद्धव पौडेललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले मतदान गर्ने निर्वाचनमा सत्ता गठबन्धनका केही मतदाताले राप्रपा उम्मेदवारलाई मतदान गरे पनि सिटौलाले पौडेलले भन्दा बढी मत पाए ।

प्रतिक्रिया दिनुहोस्