Logo
Logo

राजनीतिक संरक्षणमा रहेका पत्रकार वीरेन्द साहको हत्यारा पक्राउ


- दृष्टि न्युज/संवाददाता


बारा, २५ फागुन । राजनीतिक संरक्षणमा १२ वर्षदेखि बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संग्लगन रहेकामध्ये कुन्दन फौजदारलाई प्रहरी उपरीक्षक कृष्ण पंगेनीले पक्राउ गरेका छन् । शनिबार राति २ बजेको समयमा उनको आफनै निवास बारागढी गाउँपालिका–६ गडहलबाट विशेष फोर्स परिचालन गरी पक्राउ गरिएको प्रउ पंगेनीले बताए । फौजदारलाई पक्राउ गर्ने क्रममा चार राउण्ड हवाइ फायरिसमेत गर्नुपरेको उनले बताए ।

पत्रकार साह काम गर्दै रहेको अवस्थामा उनलाई फौजदारको समूहले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी)ले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेका थिए । खोजतलास व्यपाकरुपमा गरिरहँदा कात्तिक २२ गते उनको शव टाँगिया बस्ती जंगलमा प्रहरीले फेला पारेको थियो ।

शव पूर्णरुपमा सडेर गलिसकेको अवस्थामा एक महिनापछि टाँगिया बस्ती जंगलमा फेला पारेको पत्रकार राकेश पाण्डेले बताएका छने । अर्ध गलेको अवस्थामा शवलाई जमिन खनेर हेर्दा पत्रकार साहका हो भनी पहिचान गरिएको पत्रकार पाण्डेले बताए ।

पत्रकार साह नेपालकै चर्चित एभिन्युज टेलिभिजनमा कार्यरत थिए । उनको घर जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर इनर्वासिरामा रहेको थियो । ४२ वर्षको उमेरमा उनको निर्ममतापूर्वक हत्या गरिएको थियो । पत्रकार साहका एक छोरा र छोरी छिन् ।

न्यायको पाउने आस गुमाइसकेकी साहकी पत्नी उमरावती देवीले आँखाबाट आशु झार्दै प्रहरी उपरीक्षक पंगेनीको साहसलाई सलाम गर्ने बताइन । १२ वर्षमा कति प्रहरी प्रमुखहरु आए तर राजनीतिक संरक्षणले कसैले साहस नगरेको काम प्रउ पंगेनीले गरेर देखाए ।

साहको हत्यामा संग्लगन कुन्दन फौजदार, हरेराम पटेल, मनेजर चौधरी, लालबहादुर सहनी, रामएकबाल सहनी गरी पाँच रहेका थिए । पाँच जनामध्ये मनेजर चौधरी जेल काटेर नेपाल सरकारको कैदी माफीबाट राष्ट्रपतिबाट जेलमुक्त भएका थिए भने रामएकवाल सहनी अहिले सजाय काटिरहेका छन् ।

अभियुक्त फौजदार हत्या, हिंसा, चोरी, लागुऔषध बिक्रीवितरणलगायत विभिन्न अभियोगमा फरार रहँदै आएका छन् । बिदा परेको छ, अदालत खुल्नेबित्तिकै निजलाई फैसलाको कार्यान्वयनका लागि अदालतमा हाजिर गर्ने उनले बताए । हत्यारामध्येका बाँकी दुई जना प्रहरीको सूचीमा रहेको प्रउ पंगेनीले बताए ।

प्रतिक्रिया दिनुहोस्