Logo
Logo

कोशीमा माओवादीलाई झड्का


882
Shares

काठमाडौं । गठबन्धन दलबाट आलोपालो मूख्यमन्त्री लिने सहमति बमोजिम कोशी प्रदेशमा मुखैमा आएको मुख्यमन्त्री पद गुमाएको माओवादी केन्द्र राष्ट्रियसभा निर्वाचनबाट अर्को झड्का लागेको छ । राष्ट्रियसभामा एक सिट गुमाएको चोटमा आक्रोशित माओवादीले यसको आरोप नेपाली कांग्रेसमाथि थोपरेको छ । माओवादीले कांग्रेसलाई ‘बेइमान’को आरोप लगाएको छ ।

माओवादीले आफूले सिट गुमाउनुमा कांग्रेसको आन्तरिक किचलोको प्रभाव गठबन्धनमा परेको निष्कर्ष निकालेको छ । राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेको माओवादीका उम्मेदवार चम्पा कार्की पराजित हुँदा कांग्रेस उम्मेदवार कृष्ण सिटौला विजयी बनेपछि माओवादीले कांग्रेसको आन्तरिक किचलोका कारण पार्टीले राष्ट्रियसभामा एक सिट गुमाएको प्रतिक्रिया दिएको छ । तर कांग्रेसले त्यहाँ ठूलो परिणाममा पैसाको चलखेल भएको र करोडौ खर्च भएको आशंका गरेर माओवादीलाई द्विविधा पैदा गराइदिएको छ ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि कोशी प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने सहमति भएको थियो । तर कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेको सहयोगमा आफू निकट केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि माओवादीले मुखैमा आएको मुख्यमन्त्री गुमाएको थियो । गोप्य मतदानमा कसले कसलाई मत दियो भन्ने थाहा हुँदैन र थाहा पाउन पनि मिल्दैन मतदाताले आफूले चाहेअनुसार मतदान गरेको देखियो तर कांग्रेसकै मतदाताले यताउता गरेको भन्ने आधार छैन । अरु दलका जनप्रतिनिधिले पनि यताउता गरेको हुन सक्छ ।

माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा मओवादी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवार रुक्मिणी कोइरालासँग पराजित बनेपछि माओवादीले कांग्रेसको आन्तरिक किचलोका कारण आफ्ना उम्मेदवारले पराजय व्यहोर्नु परेको जनाएको छ ।माओवादी केन्द्रमा महासचिव देव गुरुङले कांग्रेसको आन्तरिक किचलोका कारण राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवार पराजित भएको आरोप लगाएका छन् । प्रदेशका माओवादी नेताहरुले पनि सोही आरोपमा सही थपेका छन् ।

प्रतिक्रिया दिनुहोस्