Logo
Logo

शासकवर्गको उपेक्षाका कारण मधेश पछि पर्‍यो : उपेन्द्र यादव


315
Shares

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेश पछि परेको बताएका छन् ।

समाजवादी महिला संघ मधेश प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले शासकवर्गको मधेसप्रतीको विभेदकारी नीतिका कारण शिक्षा, स्वास्थ्य, रोजगार जस्तो आधारभूत क्षेत्रमा मधेश पछि परेको बताएका हुन् ।

मधेसी जनताले शासकवर्गको रबैयाविरुद्ध गरेको भिषण बिद्रोहको बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपनि केन्द्रीकृत मानसिकता बोकेका शासकवर्गको मधेसप्रतिको रबैया अझै सुध्रिन नसकेको दावी गरे ।

समथल भुभाग, उर्बर भुमिजस्ता विकासका आधारभुत तत्वहरु मधेशमा भएपनि सबै क्षेत्रमा मधेश पछि पर्नुको एकमात्र कारण विगतका गलत नीति, योजना र विभेदकारी शासन प्रणाली नै रहेको भन्दै अध्यक्ष यादवले मुलुक संघिय शासन प्रणालीमा गए पनि विभेद उन्मुलन हुन नसकेको बताए ।

मधेस सरकारलाई दिने बजेट लगायतको सेवा सुविधामा समेत विभेद भैरहेको उल्लेख गर्दै अध्यक्ष यादवले विभेद अन्त्य नभएसम्म मधेस विकास निर्माणमा फड्को मार्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्