Logo
Logo

प्रशान्तले ल्याए ‘यदि मेरो माया…’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ फागुन । गायक प्रशान्त मिस्टको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रशान्तले फागू अर्थात होली पर्वको अवसर पारेर आफ्नो ‘यदि मेरो माया’ बोलको गीतलाई भिडियोमा सार्वजनिक गरेका हुन् ।
पछिल्लो समय निकै व्यस्त रहेका गायक प्रशान्तले हालैमात्र युएईको अवुधाबीमा दुई वटा कार्यक्रम भ्याएर आएका हुन् । अबुधाबीबाट आएलगत्तै उनले आफ्नो नयाँ गीत दर्शकसमक्ष ल्याएका छन् । सार्वजनिक गीतमा गायकसँगै ¥यापर कुशल आचार्य र सपना बर्तौलालाई फिचरिङ गरिएको छ ।
नवलपुर आसपास र जंगल साइड लक्जरी होटलमा छायाँकन गरिएको उक्त भिडियोलाई रमेश हुमागाइँले खिचेका हुन् । ‘यदि मेरो माया’ गीतको भिडियोमा गायक सयंम प्रशान्तकै निर्देशन तथा सम्पादन रहेको छ ।
सार्वजनिक गीत यो गीत गायक प्रशान्तको ‘नाऊ अर नेभर’मा समावेश छ । पछिल्लो समय विभिन्न स्टेज कार्यक्रमहरु व्यस्त रहँदै आएका प्रशान्त आफ्नो पछिल्लो गीतबाट आशावादी रहेको बताएँछन् ।

प्रतिक्रिया दिनुहोस्