Logo
Logo

लक्जेम्बर्गमा सार्वजनिक यातायात निशुल्क


- दृष्टि न्युज/संवाददाता



एजेन्सी– यूरोपियन देश लक्जेम्बर्गमा सार्वजनिक यातायातलाई सरकारले निुशल्क बनाएको छ । मार्च २०२० देखि सार्वजनिक यातायातलाई निशुल्क बनाउने घोषणा गरिएको हो ।


अब त्यहँका नागरिकले रेल,बस तथा ट्राम चढ्दा भाडा दिनुपर्देन । यसको मुख्य कारण चाँही सडकको जाम न्यूनीकरण पनि हो । ६ लाख २ हजार जनसंख्या भएको यूरोपनको सानो मुलुक लक्जेम्बर्गमा धेरैले आफ्नै गाडी प्रयोग गर्दा जाम बढेको छ। सार्वजनिक यातयातलाई निशुल्क बनाएपछि निजी गाडी घट्ने आँकलनसहित यस्तो नियम लागू गरिएको हो ।
लग्जेम्बर्ग यूरोपकै सबैभन्दा धनी देश हो । जहाँ २ हजार ८ सय ५६ स्क्वाइर किलोमिटर सडक छ । लक्जेम्बर्गमा दैनिक एक लाख ८० हजार व्यक्ति फ्रान्स, जर्मनी तथा बेल्जियम लगायत देशबाट कारमा कामका लागि जाने गर्दछन् । राजधानी लक्जेम्बर सिटीमा घर एकदमै महंगो भएकाले यसरी अन्य देशबाट त्यहाँ रोजगारीका लागे दैनिक गाडिमा जाने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्