Logo
Logo

एक महिनासम्म युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध


(एजेन्सी)

0
Shares

वासिंगटन, २९ फागुन (एजेन्सी) । अमेरिकाले एक महिनासम्म यरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका प्रतिबन्ध लगाएका हुन् । यो नियम यही शुक्रबार लागू हुने हुने ट्रम्पले घोषणा गरेका छन् । आज बिहिबार बिहान टम्पले सम्बोधनमार्फत यस्तो घोषणा गरेका हुन् ।

युरोपियन मुलुकमा तिव्ररुपमा संक्रमण फैलिँदै गएपछि यस्तो कडाइ गरिएको हो । तर, प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । यद्दपी, बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ भने यहाँ अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । ट्रम्पले नयाँ संक्रमण प्रवेश हुन रोक्नका लागि युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्ने बताएका छन् ।
‘हाम्रो दुश्मन एउटै छ, वास्तवमा यो संसारभरीको दुश्मन हो, कोरोना भाइरस’ ट्रम्पले भने, ‘यसलाई चाँडोभन्दा चाँडो र सुरक्षित तरिकाले हराउनुपर्छ । मेरा लागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’
ट्रम्पले कंग्रेसलाई अमेरिकी अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव रोक्न कर छुटका उपायसहितका बिल पास गर्न समेत आग्रह गरेका छन् ।

चीन वुहानबाट फैलिएको कोरोना भाइरस पछिल्लो समय विश्वभर फैलँदै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ‘कोभिड–१९’ कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व ‘महामारी’ घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्