Logo
Logo

‘जुनेली रात’मा समलिंगी प्रेम (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ फागुन । पछिल्लो समय विस्तारै नेपाली समाज परिवर्तन हुदै गएको छ । चलचित्रसँगै म्युजिक भिडियोमा समेत परिवर्तित समाजलाई समेट्न थालिएको छ । समाजले समलिंगी प्रेमलाई सहजरुपमा लिन थालेको खाश धेरै भएको छैन । यसैबेला दुई महिलाबीचको प्रेमलाई समेटेर बनाइएको म्युजिक भिडियो ‘जुनेली रात’ सार्वजनिक भएको छ ।
लामो समयदेखि अस्ट्रेलियामा बसेर विश्वका विभिन्न देशमा हुने इभेन्ट्सहरुमा भाग लिइसकेकी गायिका तथा अभिनेत्री स्मृति पोखरेल र नवमोडेल नम्रता पौडेललाई फिचर्ड गरिएको भिडियोमा महिला–महिलाबीचको शारीरिक मोहलाई दर्साइएको छ।
गोविन्दप्रसाद उपाध्यायको शब्द र स्मृति पोखरेलको स्वर तथा अनिश श्रेष्ठको संगीत रहेको ‘जुनेली रात’मा कुमार गुरुङको संगीत संयोजन रहेको छ । ललित थापाको निर्देशनमा बनेको भिडियोमा रामसिंह भट्टको छायाँकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्