Logo
Logo

न्यूयोर्कमा हजारौँ महिलाको प्रदर्शन (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


न्यूयोर्क, ६ माघ (एजेन्सी) । चिसो हावाको चुनौती सहँदै दशौँ हजार महिलाले अमेरिकाको न्यूयोर्कमा बृहत प्रदर्शन गरेका छन् । महिला अधिकार र लैंगिक असमानता अन्त्यलगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरे । वार्षिक देशव्यापी कार्यक्रमअन्तर्गत उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शन गर्नुपूर्व उनीहरु स्थानीय समयानुसार बिहान ११ बजेको आसपासमा म्यानह्याटनको पश्चिमतर्फ भेला भएका थिए । प्रदर्शनमा सहभागी हजारौँले आफैँ बनाएका फरक फरक पोस्टर तथा ब्यानरहरु प्रदर्शन गर्नुका साथै विभिन्न नारा लगाएका थिए । उनीहरुले व्यानर, पोष्टर र नारामा लैंगिकतासम्बन्धी र मुलुकमा भइरहेको अन्याय सम्बन्धी विषयलाई उठाएका थिए ।
‘महिलाहरुको नयाँ अवस्था र भविष्यका लागि म प्रदर्शनमा सहभागी भएको हुँ,’ १७ वर्षीया इमिली बाल्टरले भनिन् । स्थानीय जेनिफर एडिसनले पनि महिला अधिकारका लागि आफूहरु संघर्षमा रहेको बताइन् । म्यानह्याटनबाट सुरु भएको प्रदर्शनमा एक हजार पाँच सय सहभागी भएका थिए ।
सन् २०१७ को जनवरीमा पहिलो महिला ¥याली आयोजना गरिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथग्रहण समारोह भइरहेका बेला दबाब दिनका लागि त्यतिबेला पहिलो पटक महिलाहरुले ¥यालीको आयोजना गरेका थिए ।

AP Photo

प्रतिक्रिया दिनुहोस्