Logo
Logo

गौतमबुद्ध रङ्गशाला बनाउन प्रदेश सरकारले ५२ करोड ५० लाख दिने


504
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको स्रोत सुनिश्चित गर्ने भएको छ ।

प्रदेश सरकारको आज बिहान बसेको मन्त्री परिषद् बैठकले चितवनमा निर्माणाधीन उक्त रङ्गशालाका लागि स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो । भरतपुर महानगरसँगको सम्झौता अनुसार प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिकाको प्रस्तावित लागत अनुमान ७५ करोड रुपियाँमध्ये ७० प्रतिशत व्यहोर्ने सम्झौता अनुसार स्रोत सुनिश्चितता गरिएको उनको भनाई थियो । उनले ५२ करोड ५० लाख रुपियाँको स्रोत सुनिश्चितता गरेको बताए ।

प्रदेश सरकार र महानगरपालिकाबिचको सहमति अनुसार प्रदेश सरकारले उक्त रङ्गशालाका लागि ५२ करोड ५० लाख रुपियाँ बराबर बजेट व्यवस्थापन गर्ने गरी स्रोत सुनिश्चितता भएको महानगर प्रमुख रेणु दाहालले जानकारी दिए ।

गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिकाले तयार गरेको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत रकम व्यहोर्ने गरी सम्झौता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्