Logo
Logo

‘सतिदेवी’ले जित्यो ‘सर्वोत्कृष्ट चलचित्र’ अवार्ड


945
Shares

चितवन । सौराहामा सम्पन्न दक्षिण एसियाली चलचित्र महोत्सव २०८० मा सर्वोत्कृष्ट चलचित्रको अवार्ड ‘सतिदेवी’ले पाएको छ । क्याराभान नेपालको आयोजनामा माघ १८ देखि २२ गतेसम्म चितवनको पर्यटकीय नगरी सौराहामा भएको महोत्सवमा ‘सतिदेवी’ले सर्वोत्कृष्ट चलचित्रसँगै ५० हजार रूपैयाँ नगद पुरस्कार समेत जितेको छ । यो चलचित्र सार्वजनिक प्रदर्शनमा आउन बाँकी छ ।

त्यस्तै, शिव रेग्मी सर्वोत्कृष्ट चलचलित्र निर्देशकको अवार्ड ‘सतिदेवी’का निर्देशक लक्ष्मण सुवेदीले पाए । स्व. शिव रेग्मीको धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डा अभिषेक रेग्मीले पिताको नाममा हरेक वर्ष प्रदान गर्ने गरी ५० हजार रूपैयाँ नगद सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

महोत्सवमा सर्वोत्कृष्ट बृत्तचित्रको उपाधि डा सचिन घिमिरे र गौरव केसीद्धारा निर्देशित ‘म अलप हुन चाहन्छु’ले प्राप्त गरेको छ । बृत्तचित्रले सर्वोत्कृष्टको उपाधिसँगै नगद २५ हजार पुरस्कारसमेत प्राप्त गरेको छ ।

त्यस्तै, सर्वोत्कृष्ट लघु चलचित्रको अवार्ड प्रदीप पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गरेको छ । यसले पनि नगद २५ हजार पुरस्कार प्राप्त गरेको छ । त्यस्तो सर्वोत्कृष्ट सम्पादक ‘नांगो गाउँ’बाट बनिशा साहले पाए ।

महोसत्सवमा दक्षिण एसिायली देशका ४० भन्दा बढी चलचित्रले सहभागिता जनाएकोमा २० वटा चलचित्र प्रदर्शन गरिएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए । महोत्सवको समापनमा सर्वोत्कृष्ट र सहभागी चलचित्र र चलचित्रकर्मीलाई बागमती प्रदेशका सदस्य गीता गुरूङले सम्मान र नागद पुरस्कार हस्तन्तरण गरिन् ।

महोत्सवमा चलचित्रको निर्णायक समितिको संयोजकमा वरिष्ठ बृत्तचित्र निर्देशक एवं सम्पादक लव प्याकुरेल रहेका थिए । सो समितिमा नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारी र चलचित्रक निर्देशक समाजका निवर्तमान अध्यक्ष एवं चलिचित्र निर्देशक रक्षा सिंह राणा रहेकी थिइन् ।

क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले हरेक वर्ष सौराहामा महोत्सव गर्ने प्रतिवद्धता जनाए । उनले सरकारले दुई बिगाह जग्गा उपलब्ध गराइदिए चलचित्र संग्राहलय, बृद्ध चलचित्रकर्मीका लागि आश्रम र इन्डोर सुटिङका लागि अत्याधुनिक स्टुडियो निर्माण गर्ने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्