Logo
Logo

भिडियोमा ‘मैच्याङको गालाको कोठी’


252
Shares

काठमाडौं । खुशी लिम्बूको ‘मैच्याङको गालाको कोठी’ गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जानू काम्बाङ् लिङदेनको शब्द रहेको यस गीतको संगीत ताराप्रकाश लिम्बूले गरेका हुन् । गीतको भिडियोमा खुशी लिम्बू स्वयं र मोडल तथा अभिनेत्री बिमला खजुम लिम्बूको अभिनय रहेको छ ।

भिडियोको कोरियोग्राफी सुरेश पाण्डे र छायाँकन सौरभ लामाले गरेका हुन् भने सम्पादन अनिल राना तथा श्रृङ्गार सञ्जु थलङले गरेकी हुन् । गीत खुशी लिम्बूको अफिसियल युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।

आफैंले गाएको गीतमा अभिनय गरेर कला क्षेत्रमा खुशी लिम्बूले पहिलो कदम राखेकी छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके, आदिवासी जनजाति महासंघ यूके लगायत बेलायत र हङकङका एक दर्जन जति सामाजिक र राजनीतिक संस्थाहरुमा खुशी लिम्बूले नेतृत्वदायी भूमिकामा रहेर काम गरेका छन् । उनी हाल नेपाल मामिला डटकमका प्रधान सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्