Logo
Logo

गायिका एलिनामाथि चोरीको आरोप


6.3k
Shares

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानमाथि गीत चोरीको आरोप लागेको छ । गायक विश्वराम कार्कीले आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ एलिनाले हुबहु चारेको आरोप लगाएका हुन् ।

कार्कीले आफूले धेरै पहिले अडियोमा सार्वजनिक गरेको गीत कपी गरेर एलिनाको आवाजमा ल्याइएको दावी गरेका छन् ।
‘इन्स्टाको फोटो’, ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन्’ जस्ता गीतकी गायिका एलिनाले हालै मात्र ‘कट्टा हानिदिन्छु’ बोलको गीत ल्याएकी थिइन् । उक्त गीतले चर्चा पाइरुहेको बेला उनीमाथि चोरीको आरोप लागेको हो ।

उक्त गीतको भिडियो कार्कीले भन्दा एलिनाले अगाडि सार्वजनिक गरेका थिए । त्यो हिसाबले पनि दर्शकलाई एलिनाको गीत पहिले आएको जस्तो लाग्छ ।

गायिका एलिनाको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत रहेको छ । गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ । भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

त्यस्तै गायक कार्कीको स्वर रहेको गीतमा कार्की जी (सुवास) र मेगेन्द्र सुवेदीको शब्द तथा रहेको छ भने कार्कीजीको संगीत छ । गीतको भिडियोमा राजेन्द्र खड्गी, जयकिसन बस्नेत, दीपा शाही लगायतको अभिनय छ । भिडियो विक्रम चौहानले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्