Logo
Logo

दीपिकाको खुलासा ‘म मूर्ख हुँ भने किन सम्बन्धमा हुन्छु ?’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० फागुन । बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रेम र सेक्सबारे गजबको खुलासा गरेकी छन् । यी अभिनेत्रीले अभिनेता रणवीर सिंहसँग विवाह गरेको लामो समयपछि आफ्नो विगतलाई यसरी स्मरण गरेकी छन् कि, ‘उनले सेक्स सम्बन्धलाई भावनात्मक रुपमा लिन्थिइन् ।’
भारतीय अंग्रेजी पत्रिका ‘टाइम्स अफ इण्डिया’को अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार उनी एक समय व्यक्तिगत जीवनमा तनावमा थिइन् । उनले यस्तो समस्याहरुको सामना गर्नु परेको थियो, जो प्रेम सम्बन्ध पनि थियो । त्यो शृँखलामा रणबीर कपूर पनि जोडिएका थिए ।
एक अन्तर्वार्तामा दीपिकाले यस विषयमा भर्खरै खुलाला गरेकी हुन् । उनले भनेकी छन्, ‘मेरो लागि सेक्स केवल शारीरिकताका लागि मात्र होइन, त्यहाँ भावनाहरु समावेश छन् । जब म सम्बन्धमा थिएँ, मैले कहिले पनि धोका खाएको छैन वा तर्काएको छैन । यदि म मूर्ख हुँ भने किन सम्बन्धमा हुन्छु ? यो उत्तम छ । तर सबैजना त्यस्तो सोच्दैनन् ।’
दीपिकाले कसैको नाम उल्लेख नगरी थपिन्, ‘हुनसक्छ, त्यसैले गर्दा विगतमा मलाई चोट पुगेको छ । म उसलाई दोस्रो मौका दिनु एकदमै मूर्खता थियो किनकि, उसले भीख माग्दै बिन्ती गर्यो । यद्यपि मेरो वरपरका सबैले अझै भड्किरहेको भनेपछि मैले वास्तवमा उनको हात समातेँ । मलाई बाहिर निस्कन केही समय लाग्यो ।’
कसैको बारेमा बोल्दै यी अभिनेत्रीले भनेकी छन्, ‘पहिलो चोटी उसले मलाई धोका दियो, मैले सोचेँ कि सम्बन्धमा केही गडबडी म सँग भएको थियो । तर, जब कसैले यस्तोे बानी गर्छ भने तिमीले उसको समस्या थाहा पाउँदछौ । म सम्बन्धमा धेरै दिन्छु, तर आशा गर्दिनँ ।’
दीपिका र रणबीरले नोभेम्बर २०११ मा विवाह गरेका हुन् । रणबीर अहिले अभिनेत्री आलिया भट्टसँग डेटमा रहेको समेत हल्ला चलेको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्