Logo
Logo

‘चलचित्र जाँचपास कार्यविधि’ तत्काल फिर्ता गर्न माग


378
Shares

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजले ‘चलचित्र जाँचपास कार्यविधि’ तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । समाजका अध्यक्ष जनकदिप पराजुलीले विज्ञप्ती जारी गर्दै चलचित्र जाँचपास सम्बन्धी कार्यविधि मस्यौदा फिर्ता गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सरोकारवाला संस्थाका सुझावलाई बेवास्ता गरी ल्याइन लागेको चलचित्र जाँच कार्यविधि सरकारले अविलम्ब फिर्ता नगरे यसले गम्भीर परिणाम निम्त्याउने कुरामा सचेत रहन सम्बन्धित सबै पक्षमा आग्रह गर्दछौं ।’

निर्देशक समाजले सरकारले जारी गर्न लागेको २० बुँदे कार्यविधि जस्ताको तस्तै पास भएको खण्डमा कुनैपनि व्यक्तिले फिल्म बनाउनै नसक्ने र यसले फिल्म निर्माणको भविष्यमाथि गम्भीर असर पुग्ने कुरामा सचेत गराएको छ ।

साथै, विश्वभर फिल्मलाई जाँच नगरी वर्गीकरण गर्ने प्रचलन रहेको बताउँदै समाजले जंगबहादुरकालीन ऐनलाई समेत बिर्साउने गरी थपिएको प्रावधानले फिल्म निर्माणको सौन्दर्य र संविधानले प्रदत्त गरेको अभिव्यक्तिको स्वतन्त्रतामाथि नै बन्देज लगाएको उल्लेख गरेको छ ।

समाजले संविधानको धारा नम्बर २ मा रहेको बिचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी बुँदाको विपरीत कार्यविधि ल्याउन लागेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्