Logo
Logo

तारा श्रीस र मनोजले ल्याए ‘मायाको झल्को’


189
Shares

काठमाडौं । गायक मनोज थापा मगर र गायिका तारा श्रीस मगरको ‘मायाको झल्को’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । मगर र गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द अविनास थापा मगरको रहेको छ भने संगीत गणेश गुरुङको रहेको छ । गीतलाई स्वयम् गायक मगरले संयोजन गरेका हुन् ।

मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा शेखर घर्ति मगर, सुष्मा आले मगर र अस्मिता मगरको अभिनय रहेको छ । भिडियोमा बिजय लामाले छायाँकन रहेको छ । अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई शेखर घर्ति मगरको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्