Logo
Logo

सिनेमा हलमा आफैँसँग भिड्दै दयाहाङ राई


945
Shares

काठमाडौं । आज शुक्रबारबाट अभिनेता दयाहाङ राई अभिनीत दुई फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । आजदेखि ‘दयारानी’ र ‘हात्तीछाप’ रिलिज भएको हो ।

पछिल्लो समय व्यस्त अभिनेताको रुपमा दयाहाङलाई हेर्ने गरिन्छ । उनले खेलेका आफ्नै फिल्महरु बक्स अफिसमा जुधिरहेको छ । यो पटक पनि दयाहाङ शीर्ष भूमिका रहेका दुई फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ भिड्दैछन् ।

माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’लाई सिनेमा आर्टस् र माओत्से फिल्म्सले निर्माण गरेको हो । फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायत कलाकारको अभिनय छ ।

त्यस्तै, सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बेनिशा हमाल लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्