Logo
Logo

अब गोपीकृष्ण सिनेमा हल बन्द हुने


4.9k
Shares

काठमाडौं । गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो ।

कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका छन् ।

२८ वर्षअघि स्थापना भएको यो हल नेपाली फिल्म प्रदर्शनको इतिहास बोकेको हल हो । वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेलले स्थापना गरेको यो हलको मुख्य संरचना कोरोना लकडाउनपछि भत्काइएको थियो । कुल सात हलबाट भत्काएर दुई अडिटोरियम मात्र बाँकी थियो । बाँकी दुईवटा हल पनि बन्द गर्ने निर्णय लिइएको हो ।

गत महिना काठमाडौं महानगरले कर तिर्न ताकेता गरेको थियो । कर तिराउन भन्दै महानगरका अधिकृतहरु हलमै पुगेर एक साताभित्र तिर्न ताकेता गरेका थिए ।

स्थानीय कर र चलचित्र विकास बोर्डको शुल्कप्रति असन्तुष्टि जनाउँदै चलचित्र संघको आह्वानमा गत सोमबार देशभरका हल बन्द रहेका थिए । संघका अनुसार पहिले ४५० हल रहेकोमा अहिले आएर मुलुकमा डेढ सय जति मात्र हल छन् ।

प्रतिक्रिया दिनुहोस्