Logo
Logo

यस कारण उषा-जीपीको सम्बन्धविच्छेद !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ चैत । अन्ततः पूर्वमिस नेपाल उषा खड्गीले वैवाहिक सम्बन्धविच्छेद गरेकी छन् । उषाले करिब १७ वर्षअघि व्यवसायी जीपी तिमल्सिनासँग अन्तरजातीय विवाह गरेकी हुन्  । उनले आफ्नो फेसबुक एकाउन्टमा ‘शारीरिक र मानसिक यातना सहन नसकेर अलग हुने निर्णय लिएको’ उल्लेख गरेकी छन् ।
स्मरणीय के छ भने उषा र उनका पति तिमल्सिनाबीच केही वर्षयता नै खटपट रहँदै आएको थियो । दुई वर्षअघि नै उनीहरुको पारिवारिक खटपट बाहिरिएको थियो । त्यो बेला उषा र जीपीको अन्तरजातीय विवाह धरापमा परेको आशयका गसिप समाचारहरु आएका थिए । तर, उक्त कुराको उषाले खण्डन गर्दै आएकी थिइन् । तर, अहिले आएर ती हल्ला पुष्टि भएको छ ।
उषाले फेसबुकमा लेखेकी छन् ‘यदि तपाइँले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नो’ । उनले अब अलग रहेर पनि आफू र सन्तानका लागि लड्ने बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘तपाइँहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत अब म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’ उषा र जीपी तिमल्सिनाले प्रेम विवाह गरेका हुन् । उनीहरुको हाल एक छोरा र एक छोरी छन् । सन् २००० मा ‘मिस नेपाल’ उपाधि जितेकी उषाले बुटिक व्यवसायी गर्दै आएकी छन् । उनको ललितपुरको कुपण्डोलस्थित उषाज् स्टाईलिस कलेक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्