Logo
Logo

७४ घुमुवा गणमा, पावरफुलहरु हटेनन्


- दृष्टि न्युज/संवाददाता


काठमांडौ, २ चैत्र ।
महानगरीय प्रहरी परिसर काठमाण्डौ, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका तथा उल्लेखनिय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवान समेत ७४ अधिकृत तथा जवानहरूलाई तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाईएको छ । घुमुवा शुद्धिकरण अभियान अन्र्तगत यसरी हटाइएको हो ।


प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृदी गर्ने उद्देश्यले उक्त कार्य गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । आचरण व्यवहार सुधारको हिसावले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगंजमा ७ दिने सुधारत्मक तालिम समेत संचालन गरिने छ ।
यसपछि अब इन्टेलिजेन्ट ग्रुपमा कार्यरत हुने कर्मचारीहरूमा सकारात्मक आचरण व्यवहारमात्र नभएर तोकिएको जिम्मेवारी भित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकङ्न हुने परिपाटीको थालनी गरिने कुरा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् ।

साथै अव सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतस्प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने समेत डिआईजी पोखरेलको भनाई छ ।
तस्करीको सुन गोप्य रुपमा लुट्ने र डनहरुसँग साँठगाँठ भएका अपराध महाशाखाका घुमुवालाई भने तालिममा पठाइएको छैन । महाशाखामा कतिपय प्रहरीहरु १० वर्ष भन्दा लामो समयदेखि काम गर्दै आएका छन् । अर्काेतर्फ महागनरीय प्रहरी कार्यालयमै घुमुवाका रुपमा कार्यरत एसपी ओम राना लगायतको टिम पैसा असुलीमा सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस्