Logo
Logo

हितसिंह श्रेष्ठको निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ चैत । अर्थ, आपूर्ति र वाणिज्य मन्त्रालयमा लामो समय सरकारी सेवामा बिताउनुभएका तत्कालीन सचिव हितसिंह श्रेष्ठको ८२ वर्षको उमेरमा निधन भएको छ ।

आज उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उहाँको अन्तिम संस्कारमा नेपाली सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो । विसं १९९४ मा तानसेन, वसन्तपुर टोलमा जन्मनुभएका सिंहको श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्