कमरेड पुष्पलाल मेरो गुरु


Published On : 17 March, 2020

त्यस दिन राजा वीरेन्द्रलाई भेट्न नयाँदिल्लीबाट काठमाडौँ आएका बीबीसीका व्यूरो चिफ मार्क टेलीलाई संवाद सचिव चिरनशम्शेर थापाले आफूसँगै लिएर राजा वीरेन्द्रसँग भेट्न गए । म मार्क टेलीलाई कुरेर संवाद सचिवालयमै बसेँ । साँच्चै नै मलाई संवाद सचिवले ठूलो अपमान गरे । मनमनै सम्झेँ, पख्लास्, कुनै दिन मेरो पालो पनि आउला भनेर चित्त बुझाएँ । राजा वीरेन्द्रसँग भेटेर मार्क टेली एक घण्टापछि आयो । मलाई चिरनशम्शेरले अपमान गरेर राजासँग भेट्न नदिएको कुरा मार्क टेलीलाई बताए । ऊ पनि मेरो कुरा सुनेर दुःखी भयो । गाडी मैले ड्राइभ गरेको थिएँ । मसँगैको सिटमा मार्क टेली थिए । मैले उनलाई सोधे– राजासँगको भेट कस्तो भयो ? मार्क टेलीले भने– ‘मैले राजा वीरेन्द्रलाई सकारात्मक पाएँ । जनमत संग्रह घोषणा भइसकेको छ । त्यसको राप र तापले सिंगो मुलुक सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था भन्नेमा विभाजित भएको छ । यस्तो स्थितिमा राजा वीरेन्द्रको ‘स्प्रिरिट’ मैले ‘डेमोक्र्याट’ पाएँ ।’ त्यसपछि फेरि मैले मार्क टेलीसँग जिज्ञासा राख्दै भने– ‘तिमीले राजा वीरेन्द्रको ‘स्प्रिरिट’लाई जतिसुकै ‘डेमोक्र्याट’ देखे पनि दरबारका मानिसलाई राजाको यो कदम मन परेको छैन । सत्ता राजाले होइन, उनका वरपर बस्नेहरुले चलाएका छन् । मलाई लाग्छ, यी दरबारियाहरुले जसरी भए पनि पञ्चायत जिताउँछन् । विभिन्न स्रोतले त्यसबारे मलाई संकेत पनि गरेका छन् । यस्तो स्थितिमा हामीले कस्तो रिर्पोटिङ गर्ने ? देशैभरि बीबीसी सुन्छन् ।’ मेरो कुरा सुनेर मार्क टेलीले भने– यहाँका राजनीतिक अवस्थाबारे मैलेभन्दा बढी तिमीले बुझेका छौँ । रिपोर्ट तिमीले बनाउ । त्यो रिपोर्टमा राजा वीरेन्द्रसँग मैले भेटेको प्रसंग मिलाएर प्रस्तुत गर्छु । बीबीसीमा मार्क टेलीले राजा वीरेन्द्रसँग भेटेको प्रसंग मात्र उनले राखे । बाँकी रिपोर्ट मेरै बजेपछि बहुदलका पक्षमा लाग्नेहरु धेरै नै खुशी भए । बहुदलको प्रचारमा लागेका नेताहरुले फोन गरेर मलाई बधाई दिए । यसरी बधाई दिनेमा भरतमोहन अधिकारी पनि एक हुन् ।

केदारमान सिंह

कम्युनिष्ट नेतामा मलाई मनपर्ने मनमोहन अधिकारी पनि हुन् । उनीसँग पनि मैले बीबीसीमा न्यूज रिर्पोटिङ गर्ने बेला धेरै पटक भेटेको छु । सादा जीवन उच्च विचारका धनी मनमोहन नेता मात्र होइन, बौद्धिक व्यक्तित्व पनि हुन् । उनले धेरै विषयमा अध्ययन गरेका छन् । बीबीसीमा धेरैपटक उनको विचार प्रस्तुत गर्ने मौका मैले पाएको छु । ०५१ सालमा मनमोहन प्रधानमन्त्री बन्दा मलाई सपना जस्तो लागेको थियो । पुष्पलाल, मनमोहनको संघर्षलाई जनताले खेर जान दिएन । आज तिनै पुष्पलाल, मनमोहन अधिकारीहरुले हिँडेको बाटोमा सिंगो नेपाल हिँडिरहेको छ । प्रधानमन्त्री केपी ओलीको काँधमा तिनीहरुको जिम्मेवारी छ । अब कम्युनिष्ट पार्टीले गरेर देखाउने बेला हो ।

जनमत संग्रहका बेला बहुदलको पक्षमा लाग्ने सञ्चारमाध्यम निकै कम थिए । समीक्षा, मातृभूमि र राष्ट्रपुकारले खुलेरै बहुदलको प्रचार गर्थे । तर, त्यो पत्रिकालाई जिल्ला पुग्नै दिँदैन थिए । हुलाक, बस र कार्यकर्ताले बोकेर लगेका ती पत्रिका बाटोबाटै सिडिओ, अञ्चलाधीशले कब्जा गर्थे । सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, गोरखापत्र दरबारकै कब्जामा थियो । त्यस्तो परिस्थितिमा मैले बहुदलको पक्षमा निडरताका साथ बीबीसीमा रिपोर्टिङ गर्थे । जुन कुरा सम्झँदा आज पनि गर्व लाग्छ ।

राष्ट्रिय समाचार समितिको चिफ रिपोर्टबाट मैले पत्रकारिता सुरु गरेको थिएँ । आज ४२ वर्ष भइसकेछ । त्यसपछि मैले विदेशी न्यूज एजेन्सी एएफपि र बीबीसीमा मेरो जीवन बित्यो । पत्रकारिता गर्दा मैले कसैसँग सम्झौता गरिनँ । मेरो तलबले मलाई राम्रोसँग खान पुग्थ्यो । त्यतिबेलादेखि पत्रकारिताको माध्यमबाट प्रेस स्वतन्त्रता, राजनीतिक स्वतन्त्रताको लडाइँ लडेको हामीले आज सबै कुरा पाएका छौँ । संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । देश गणतन्त्रमा प्रवेश गरेको छ । विश्वमा नेपाल गणतान्त्रिक देश हो भन्ने पहिचान बनेको छ । तर, गरिबी, अशिक्षा, रोग, भोकबाट जनताले मुक्ति पाउन सकेको छैन । देशमा केपी शर्मा ओलीको नेतृत्वमा दुईतिहाइको कम्युनिष्ट सरकार छ । कम्युनिष्ट सरकारले गरेर देखाउने बेला यही हो । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले जहिले पनि शोषक, सामन्तको विरोध गर्थे । किसान, मजदुर र गरिब जनताको चिन्ता लिन्थे ।

पुष्पलाल मेरो गुरु पनि हुन् । उनीकहाँ म इतिहास पढ्न जान्थे । उनी ढल्कोतिर बस्थे । उनका भाइ गौरीलाल मेरो साथी हो । त्यतिबेला पुष्पलाललाई भेट्न शैलेन्द्रकुमार उपाध्याय बरोबर आउँथे । कसैले निभाएर एष्ट्रेमा फालेको चुरोटको ठुटो शैलेन्द्रकुमारले सल्काएर बडो मिठो मान्दै तान्थे । त्यही मेरो शैलेन्द्रकुमार उपाध्यायसँग परिचय भयो । कम्युनिष्ट नेतामा मलाई मनपर्ने मनमोहन अधिकारी पनि हुन् । उनीसँग पनि मैले धेरै पटक भेटेको छु । सादा जीवन उच्च विचारका धनी मनमोहन बौद्धिक व्यक्तित्व पनि हुन् । उनले धेरै अध्ययन गरेका छन् । बीबीसीमा धेरैपटक उनको विचार प्रस्तुत गर्ने मौका मैले पाएको छु । ०५१ सालमा मनमोहन प्रधानमन्त्री बन्दा मलाई सपना जस्तो लागेको थियो । पुष्पलाल, मनमोहनको संघर्षलाई जनताले खेर जान दिएन । आज तिनै पुष्पलाल, मनमोहन अधिकारीहरुले हिँडेको बाटोमा सिंगो नेपाल हिँडिरहेको छ । केपी ओलीको काँधमा तिनीहरुको जिम्मेवारी छ । अब कम्युनिष्ट पार्टीले गरेर देखाउने बेला हो ।

दुईतिहाइको सरकार हुँदा पनि देशले आर्थिक विकास गरेन भने कहिले विकास हुन्छ भनेर चिन्ता लाग्छ । नेताहरुलाई भेटेर सुझाव सल्लाह दिउ भने शारीरिक रुपले म अस्वस्थ छु । हिजोआज त नेताहरुले केदारमान म¥यो कि बाँच्यो भनेर सोधीखोजी पनि गर्दैनन् । यो राजनीतिक परिवर्तनमा सञ्चारमाध्यमले विगतमा खेलेको भूमिका नेताहरुले बिर्सिएजस्तो छ ।

प्रतिक्रिया दिनुहोस्