Logo
Logo

जनमतलाई मुख्यमन्त्रीको आग्रह- विश्वासको मत दिनुस्



जनकपुरधाम । जनमतको अवरोधपछि १० मिनेटका लागि स्थगित भएको प्रदेश सभा बैठक पुनः सुरु भएको छ ।

माघ ७ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयमा भएको घटनाको जवाफ मुख्यमन्त्रीले दिनु पर्ने माग गर्दै अवरुद्ध गरेपछि सदन बैठक अवरुद्ध गरेको थियो ।

१० मिनेटपछि सुरु भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने र अर्को बैठकमा घटनाका विषयमा जवाफ दिने बताए । उनले सबै दल तथा सांसदसंग विश्वासको मत मागेका छन् ।

सप्तरीमा सीके राउतको निर्वाचन क्षेत्रमा पर्ने मधेश कृषि विश्वविद्यालयको भवनको शिलान्यास जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बोलाइएकामा जनमत पार्टीले बिरोध जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्