Logo
Logo

जे छ, यी अभिनेत्रीसँग छ…! (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ चैत । बलिउड अभिनेत्री तथा मोडेल फराह काडर हिजोआज इन्टरनेटमा हिट छिन् । सन् २०१६ मा पहिलोपटक फिल्म ‘प्रोजेक्ट मराठवाडा’मा देखिएकी अभिनेत्री आफ्नो सुन्दरता र बोल्ड तस्बिरका कारण चर्चामा छिन् ।
फराह अभिनीत फिल्म ‘प्रोजेक्ट मराठवाडा’ त्यो समय बलिउडमा चर्चित बनेकोे थियो । जुन फिल्म किसान आत्महत्यामा आधारित थियो । फराह पछिल्लो समय थ्रिलर फिल्म ‘भूत कहानी’मा देखिएको थिइन् । त्यसपछि मोडलिङमै सिमित हुँदै आएकी फराहले इन्स्टाग्राममा अपलोड गरेका आफ्ना बोल्ड तस्विरहरुका कारण चर्चा कायम राख्दै आएकी छन् ।


फराहले बलिउडमा आफ्नो बोल्ड अवतारकै कारण प्रशंसकलाई प्रभावित पार्न सफल हुँदै आएकी छन् । उनी प्रायजसो फोटोशुटबाटै चर्चामा आएकी हुन्छिन् । पछिल्लोपटक फराहका बोल्ड तस्बिरहरु भारतीय पत्रिका ‘द टाइम्स अफ इण्डिया’ले आफ्नो अनलाइन संस्करणमा प्रकाशित गरेको छ । उक्त पत्रिकाले ‘फराहले इन्टरनेट हल्लाएको’ भन्दै एक दर्जन तस्बिरहरु पब्लिश गरेको छ ।
यी बोल्ड अभिनेत्री अभिनयबाहेक मोडेलिङमा रुचि राख्छिन् । उनले भनेकी छन्, ‘फेसन मेरो लागि रुचि र सौखभिको कुरा हो ।’ एक समय यी अभिनेत्री सेलिब्रेटीमाझ लोकप्रिय अभियान ‘मि-टु’ आन्दोलनको साथ दिँदै यौन उत्पीडनबिरुद्ध अपिल गरेकी थिइन् । त्यसपछि उनी झनै चर्चामा आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्