Logo
Logo

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १६ गते हुने



पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन १६ फागुनमा आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद बैठकको सिफारिसमा १६ फागुनको दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

गण्डकी प्रदेशको हिउँदे अधिवेशन आह्वान भए पनि प्रदेशसभामा पर्याप्त बिजनेस भने छैन । हाल बीउबिजन सम्बन्धी र आम सञ्चार विधेयकमात्र प्रदेशसभामा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्