Logo
Logo

७७ जिल्लामै सशस्त्र प्रहरीले बनायो क्वारेन्टाइन कक्ष


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ चैत ।
सशस्त्र प्रहरी बलले ७७ जिल्लामै कोरोनाविरुद्ध तयारी गरिरहेको छ । हरेक कार्यालयमा क्वारेन्टाइनका लागि कोठा बनाइएको छ । सर्वसाधारण तथा प्रहरी दुवैलाई हुने गरी कोठा तयारी अवस्थामा राखिएको छ । सीमा क्षेत्रमा यात्रु जाँचमा सशस्त्र प्रहरीलाई समेत खटाइएको छ ।

स्वास्थ्यकर्मीलाई सहयोग गर्नसमेत सरकारले सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । त्यस्तै, संक्रमण देखिएमा आकस्मिक जिम्मेवारीका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ ।

कार्यालयहरुमा बिशेष सतर्कता अपनाइएको प्रवक्ता डिआईजी प्रवीणकुमार श्रेष्ठले बताए । कार्यालयहरुमा थर्मल गनबाट ज्वरो नाप्न थालिएको छ भने सचेतना बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्