Logo
Logo

‘रंगेली’मा डर र शक्तिको खेल (ट्रेलरसहित)


378
Shares

काठमाडौं । फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक गरिएको छ । फागुनको २५ गते महाशिवरात्रिको दिनबाट यो फिल्म रिलिज हुँदैछ । सार्वजनिक ट्रेलरमा डर र शक्तिको खेला देखाइएको छ । फिल्मको ट्रेलरमा नेपालको तराई क्षेत्रमा घटेका विविध घटनाहरूलाई समावेश गरिएको छ । फिल्ममा राजनीतिको झल्कोसमेत हेर्न सकिन्छ ।

ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई र अर्पण थापाबिचको लडाई देखाइएको छ । फिल्मका निर्देशक तथा लेखक अर्जुन सुवेदीले तराईको गर्मी मौसममा निकै मिहिनेत गरेर फिल्म बनाएको बताए । फिल्ममा तराईको कथा भनिएको छ ।

यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश वुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतका कलाकारको अभिनय छ । सुशान्त गौतम र हर्कुलस बस्नेतको फिल्ममा संगीत छ । जितेन्द्र खतिवडा र अनुज जंग थापा कार्यकारी निर्माता रहेको फिल्ममा संसार चौलागाई र रमेश भट्टराई निर्माताको रुपमा छन् ।

युवक कार्की र शिव शंकर चौलागाईं सह–निर्माता, विवेक खड्का एसोसियट निर्माता रहेको फिल्मलाई सुशान्त प्रजापतिले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्