Logo
Logo

१४ तोला सुनकाण्डमा एसपीमाथि छानबिन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ चैत ।
बाग्लुङ प्रहरीले १४ तोला सुन चोरी प्रकरणमा एक सुन पसले र युवतीलाई पक्राउ गरी मुद्दा नचलाई छाडेको खुलेको छ । आर्थिक लेनदेनका आधारमा अभियुक्तलाई उन्मुक्ति दिएपछि प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।

गत ११ फागुनमा बाग्लुङ नगरपालिका– २ श्रीनगर टोलस्थित नारायण गैरेको घरबाट १४ तोला सुन चोरी भएको थियो । गैरेकै घरमा बस्ने मनिसा कँडेलले सुन चोरी गरेको खुल्यो । सोधपुछको क्रममा चोरीको सुन उनले धौलागिरी चोकमा रहेको राज्यलक्ष्मी सुनचाँदी पसलमा लगेर बिक्री गरेकी थिइन् । प्रहरीले सो पसलका सञ्चालक कविराज सुनारलाई समेत पक्राउ ग¥यो ।

उनले सुनका गहना गालिसकेका थिए । त्यसकारण आफूले सुन नकिनेको दाबी गरे । तर, युवतीमाथि छानबिनको क्रममा चोरीका सुनका गहना उनले नै खरिद गरेको खुल्यो । त्यसपछि प्रहरीले उनलाई पक्राउ ग¥यो । पक्राउ परेपछि बाग्लुङका प्रहरी प्रमुख एसपी नवराज भट्टलाई मोटो रकम उनले बुझाएर छुटे । सुनार बाग्लुङका सबैभन्दा ठूला सुन व्यवसायी हुन् । अवैध सुनको कारोबार गरेर उनले करोडौं कमाइसकेका छन् । पक्राउ परे बेइज्जत हुने डरले उनले प्रहरीलाई करिब २० लाख बुझाएको स्रोत बताउँछ ।

यो कुरा थाहा पाएपछि पीडित गैरेले माथिल्लो निकायमा उजुरी गरेका थिए । चोरी गर्ने युवती मानसिक रोगी भएको र उनको कुरा विश्वास गर्न नसकिने भन्दै उनलाई छाडेर घटना सामसुम पार्न खोजिएको थियो । तर, माथिल्लो निकायमा उजुरी परेपछि एसपी भट्टले १४ तोला सुन गैरलाई दिन लगाएको स्रोत बताउँछ । सुन पसलेले नै सुन फिर्ता दिएका हुन् ।

यो केस मिलाउन बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी र स्थानीय बिचौलिया सचिन खड्काले भुमिका खेलेका थिए । एसपी भट्टका घुुमुवा राजेश यादबले समेत डिल गरेका थिए ।

यस्तो किमिसको गम्भीर उजुरी पर्दा पनि प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा चासो दिएको छैन । एसपी भट्ट यसअघि पनि पटक पटक कारबाहीमा परेका अधिकृत हुन् । पटक पटक कारबाहीमा परेकाले नै ब्याचीहरु एआईजी हुँदा पनि उनी भने एसपीमै सीमित छन् । यो घटनामा छानबिन भए उनी फेरि कारबाहीमा पर्ने निश्चित छ ।
(नेपालफेस डटकमबाट साभार)

प्रतिक्रिया दिनुहोस्