Logo
Logo

रिया लामा बनिन् १६औँ मिस तामाङ, जितिन् एक लाख पुरस्कार



काठमाडौं । ‘मिस तामाङ-२०२४’को उपाधि रिया लामा स्याङ्तानले जितेकी छन् । मम्स इन्टरनेशनल नेपालद्वारा शनिबार आयोजित मिस तामाङको याे १६औँ संस्करण हाे । रियाले आफ्ना १४ प्रतिस्पर्धीलाई उछिन्दै ‘मिस तामाङ-२०२४’को ताज आफ्नो पोल्टामा पारेकी हुन् । उनलाई ‘मिस तामाङ-२०२३’ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिइन् ।

प्रतियोगिताको फस्ट रनरअप स्मृति योन्जन र सेकेन्ड रनरअप अमृता लामा तामाङ भए । शीर्ष विजेता रियाले ताजसहित नगद १ लाख प्राप्त गरेकी छन् भने फस्ट रनरअप स्मृतिले ५० हजार र सेकेन्ड रनरअप अमृताले ३० हजार रुपैयाँ पुरस्कारसहित क्राउन र गिफ्ट ह्याम्पर पाए । प्रतियोगितामा थर्ड रनरअप पेमाडोमा लामा भएकी छन् ।

‘मिस तामाङ’को यस संस्करणमा २४ जना सहभागी रहेको मम्स इन्टरनेशनल नेपालकी अध्यक्ष रञ्जिता लामाले बताइन् ।
तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभूषा, रीतिरिवाज तथा रहनसहनलाई तामाङ युवामाझ पु¥याउने उद्देश्यले ‘मिस तामाङ’ प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष रञ्जिताको भनाइ छ ।

प्रतियोगिताको यस संस्करणमा गायक प्रदिप बमजन, नायक कुमार मोक्तान, पूर्वमिस तामाङ सुमी मोक्तान, संञ्चाकर्मी एवं मोडल प्रिया रानी लामा र सञ्चारकर्मी गंगा घिसिङ निर्णायक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्