Logo
Logo

कोरोना भाइरसबारे जनचेतना जगाउने गीत (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ चैत । कोरोना भाइरस (कोभिड–१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । यसैबेला कोरानो भाइरसबारे जनचेतना जगाउने गीत बजारमा आएको छ ।
‘कोरोना भाइरस’ बोलको गीतमा गायिका मेलिना राई र विनय कार्कीको स्वर रहेको छ । यस गीतले कोरोना भाइरसको संक्रमणबाट बच्न के–के गर्नुपर्छ भन्ने सिकाएको छ । विशेषगरी नेपाल सरकार र डब्लूएचओले अबलम्बन गरेको कोरोना भाइरसबाट बच्न साबुन पानीले हात धुने, भीडभाडमा नजाने, माक्स लगाएरमात्र बाहिर हिँडडुल गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्नेजस्ता कुरालाई गीतमा उतारिएको छ ।
यस गीतको भिडियोमा सरोज खनाल, उत्तम केसी, दमन रुपाखेती, सभाष गजुरेल, सुलेमान डंगोल, सम्झना राईलगायतका कलाकारले अभिनय गरेका छन् । एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको यो भिडियोलाई सुशन कँडेलले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्