Logo
Logo

क्वारेन्टाइनबाटै प्रियंकाले प्रार्थना गर्दै भनिन्, ‘तपाईहरु सबै सुरक्षित रहनुहोस्’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ चैत । बलिउड अभिनेत्री प्रियंका चोपडाले नमस्कार गरेको तस्बिर शोसल मिडियामा भाइरल भइरहेको छ । र, उनका भनाइहरु अन्तर्राष्ट्रिय मिडियाले समेत कभर गरिहेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको त्रासले आफ्नै घरमै क्वारेन्टाइनमा बस्दै अभिनेत्री प्रियंका चोपडाले कोरोना भाइरसबाट बच्न र रोकथाम गर्न ‘हात नमिलौँ, नमस्कार गरौँ’ भन्दै शोसल मिडियामा नमस्कार गरेको फोटो अपलोड गरेकी छन् । जुन उनको सन्देश निकै प्रभावकारी बनेको छ । प्रियंकाको सन्देशमा सयौँले कमेन्ट गर्दै आफूले पनि हात मिलाउनको सट्टा नमस्कार गर्न थालेको जनाएका छन् ।
हलिउडकको समेत अभिधनेत्री रहेकी प्रियंका र उनका पति अमेरिकन गायक निकले लगातार भिडियो सन्देशमार्फत् लगातार जनचेतना फैलाइरहेका छन् । विश्वभर ‘महामारी’का रुपमा फैलिएको कोरोना संक्रमणका लागि विश्वमा १३ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
यसैबेला आफ्नोतर्फबाट यो संक्रमण रोकथाम र नियन्त्रण गर्न अभिनेत्री प्रियंकाले जनचेतना जगाइरहेका छन् । पति निकसँग क्वारेन्टाइनमा बस्दै आएकी उनले भनेकी छन्, ‘हामी १० दिनदेखि घरबाहिर एक पाइला निस्केका छैनौँ । तपाइँहरुको पनि सजग र सर्तक रहनुहोला ।’ उनीहरुले विश्वका लागि जनचेतनामूलक भिडियोहरु पटक–पटक सार्वजनिक गर्दै आइरहेका छन् ।
क्वारेन्टाइनबाट यी सेलिब्रेटी दम्पतीले सन्देशमा भनेका छन्, ‘मलाई थाहा छ कि यो समय सबैका लागि मुस्किल छ, प्रार्थना गर्दछु कि तपाईं सबै कुशल हुनुहुन्छ, मैले अहिलेसम्म आफ्नो सकारात्मक सन्देश दिइरहेको छु । हामीले एक अर्काको ध्यान राख्नुपर्छ, प्रार्थना गर्दछु कि तपाई सबै सुरक्षित रहनुहोस् ।’
हो, विश्व यतिखेर कोरोना भाइरसको सन्त्रासमा छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वका केहीबाहेक अधिकांश मुलुकमा फैलिएको छ । ‘विश्व महामारी’को रुपमा फैलिएको यो संक्रमण रोकथाम र नियन्त्रणका लागि विश्व नै लागेको छ । यस्तो अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि जनचेतनाको पनि उत्तिकै आवश्यक छ ।
सेलिब्रेटी भनेको आपत्त–विपत्तका लागि पनि हुनुपर्छ किनकि हरेक किसिमका प्रकोप आइलागेको बेला सेलिब्रेटीले सजग र सर्तकताका लागि सन्देश वा आह्वान प्रभावकारी हुन्छ । कोरोना भाइरसको संक्रमणबाट नेपाल पनि उच्च जोखिममा रहेको छ । तर, यतिखेर नेपाली सेलिब्रेटीहरु मौन छन् ।
विश्वका सेलिब्रेटीहरुले कोरोना भाइरसको संक्रमण बच्न, रोकथाम गर्न र नियन्त्रणका लागि आममानिस सचेत हुनुपर्ने चेतनामूलक सन्देश दिइरहेका बेला खै हाम्रा कलाकारले यसबारे बोलेको ?

प्रतिक्रिया दिनुहोस्