Logo
Logo

आजदेखि सिनेमा हलमा ‘अगस्त्य : च्याप्टर १’



काठमाडौं । आज शुक्रबारदेखि नेपाली फिल्म ‘अगस्त्य : च्याप्टर १’ प्रदर्शनमा आएको छ । यो फिल्मलाई देशभरका सिंगल तथा मल्टिप्लेक्सहरुले उच्च शोज दिएका छन् । जसकाकारण, फिल्मलाई सुखद ओपनिङ गर्ने अवसरसमेत मिलेको छ ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको हाइप पनि उच्च छ । फिल्म हेर्नका लागि दर्शकमा व्यग्र प्रतीक्षा गरेका थिए । सार्वजनिक प्रदर्शनमा आउनुअघि बिहीबार फिल्मको प्रेस शो गरिएको थियो, जहाँ कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो फिल्मले पाएको शोजमा दर्शकको उच्च अकुपेन्सी भएको खण्डमा निर्मातालाई लगानी चाँडै नै उठाउन सहज हुनेछ । फिल्मले देशभरका हलमा २ सय ५९ शोज पाएको निर्माणपक्षले बताएको छ । यो फिल्मले तराई मधेशको कथा उजागर गरेको छ ।

फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाभित्र १५ र उपत्यका बाहिर २९ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज्ले दुई चेन गरेर ८ शोज, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शोज, बीएसआरले ४ शोज, आइएनआईका सबै चेनमा १२ शो उपलब्ध गराइएको छ । शोको अनुपात हेर्दा देशभरका १ सय ११ हलले २ सय ५९ शोज उपलब्ध गराएका छन् ।

विगत ३ महिनादेखि सुनसान रहेको फिल्म हललाई यो फिल्मले उठाउने अपेक्षा गरिएको छ । अर्कोतिर, नेपाली फिल्मको व्यापार सुस्ताएको अवस्थामा यो फिल्मले दर्शक हलसम्म तान्ने विश्वास धेरैले गरेका छन् । फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय छ ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्ममा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माताको रुपमा छन् । संजय लामाको छायांकन रहेको फिल्ममा निर्देशक चौधरीको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन निर्देशन र एसडी योगीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्