Logo
Logo

पाँच युवकद्वारा घरभित्र छिरेर महिलामाथि सामूहिक बलात्कार र लुटपाट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ चैत ।
नुवाकोटमा एक महिलामाथि पाँच जनाले सामूहिक बलात्कार गरी लुटपाट गरेका छन् । गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २ गते राति शिवपुरी गाउँपालिका ५ की ३७ वर्षीया एक महिलामाथि यसरी सामूहिक बलात्कार भएको हो । प्रहरीले शिवपुरी गाँउपालिका ५ बस्ने २५ वर्षका उमेश तामाङ र दुप्चेश्वर गाँउपालिका ५ का ३२ वर्षीय सानोकान्छा तामाङलाई पक्राउ गरेको हो ।


पाँच जना युवा घरको झ्याल फोरेर प्रवेश गरेको हातखुट्टा बाधी बलात्कार गर्नुका साथै उनले लगाएको सुनको सिक्री, हातको औंठी र घरमा भएको नगद समेत लिएर भागेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु त्यही रात उनीले शिवपुरी गाँउपालिकाकै रामसिंह तामाङको घरमा समेत चोरी गरी कुटपिट गरेर फरार भएका थिए। गिरोहका अन्य व्यक्तिमाथि अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्