Logo
Logo

लुम्बिनी प्रदेश : ६ महिनापछि बसेको प्रदेशसभा बैठक ५ मिनेटमै सकियो



दाङ । बजेट अधिवेशनपछि बसेको लुम्बिनी प्रदेशसभाको तेस्रो अघिवेशनको पहिलो बैठक पाँच मिनेट बसेर सकिएको छ । संसदीय दलका तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि प्रदेश सभाको बैठक पाँच मिनेटमै सकिएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय दलका तर्फबाट बोल्ने कार्यक्रम पछि राख्ने सहमति भएपछि पहिलो बैठकको समय छोट्टिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । दोस्रो बैठक शनिबार दिउँसो २ बजे बस्नेगरी पहिलो बैठक सम्पन्न भएको जानकारी सभामुख तुलाराम घर्तीमगरले दिए ।

शनिबार बस्ने दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने तयारी छ । पहिलो बैठकमा सभामुख घर्तीमगरले प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र, मन्त्री परिषद्‌मा गरिएको कार्यविभाजन हेरफेरसम्बन्धी पत्रसमेत पढेर सुनाएका छन् ।

लुम्बिनी प्रदेश सभाको बैठक गत भदौ २६ देखि बस्न सकेको थिएन । प्रदेश सभाको बैठक बस्न नसक्दा प्रदेश सभा सदस्यहरु कामविहीन बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्