Logo
Logo

कोरोनाविरुद्ध लड्न ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारले २०७६ चैत्र ९ गते घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोषमार्फत रु १५ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेकोे छ ।

कोभिड–१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्