Logo
Logo

बागमती प्रदेश सरकारबाट बाहिरियो कांग्रेस


189
Shares

हेटौंडा । बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । प्रचण्डले कांग्रेसको साथ छोडेर नयाँ सत्ता समीकरण निर्माणगरेपश्चात कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले जनाए ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहादुर सिं लामा, खानेपानी तथा सिँचाइ मन्त्रालयमा तीर्थबहादुर लामा, वन तथा वातावरण मन्त्रालयमा मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयमा पुकार महर्जन, स्वास्थ्य मन्त्रालयमा उत्तम जोशी, विनाविभागीय मन्त्रीको रुपमा रामकृष्ण चित्रकार लगाएत बागमती सरकारमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्