Logo
Logo

सिराहामा एक महिलाको हत्या, पति घाइते



जनकपुरधाम । सिराहाको गोलबजारमा एक महिलाको हत्या भएको छ । गोलबजारस्थित महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या भएको हो ।

सिराहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यका अनुसार उनको सिलौटोले प्रहार गरी हत्या भएको जस्तो देखिएको छ । अनिताको शव सुत्ने खाटनजिकै शव थियो ।

मृतकका पतिसमेत समेत घाइते छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । साह दम्पत्ति गत एक वर्षदेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए ।

घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्