Logo
Logo

सुदुरपश्चिम सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन नाउपाको निर्देशन



धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल फिर्ता हुन उनीहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्रीबाट राजीनामा दिएर प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन निर्देशन दिँदै पालना नगरे कारबाही गर्ने उनले चेतावनी दिएकी छन् । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै सरकारमा जाने कि नजाने भन्नै निर्णय नभएको अवस्थामा प्रदेश सरकारमा सहभागी भएको भन्दै उनले भनिन्, ‘निर्देशन पालना नभए कारबाही हुन्छ ।’

शुक्रबार राति मुख्यमन्त्री शाहले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गर्दै राति नै सपथ ग्रहण गराएका थिए ।

माओवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पु¥याउन नाउपासहित राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने कसरत गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्